थातथलो फर्कनेको लर्को [तस्बिरहरू]

दिपेश श्रेष्ठ ३ कार्तिक २०८० ८:२६ | Friday, October 20, 2023
थातथलो फर्कनेको लर्को [तस्बिरहरू]

काठमाडौँ– राजधानीका प्रमुख नाकामा दसैँ मनाउन काठमाडौँबाहिर जानेको भीड बढेको छ। दसैँको छैटौँ दिन शुक्रबार सबेरैदेखि आफ्नो गाउँ र जन्मस्थल फर्कनेको भीड बढेको हो। विभिन्न पेसा, व्यवसाय, जागिर र अध्ययनका सिलसिलामा राजधानीमा रहेका व्यक्तिहरू दसैँका बेला आफ्नो घर फर्कने गर्छन्।

काठमाडौँका कलंकी, बल्खु, कोटेश्वर, बालाजुलगायतका नाकाबाट यात्रु बोकेका बस, माइक्रोबस, मिनिबस बाक्लो संख्यामा बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ।

कोटेश्वर, जडिबुटी, लोकन्थलीलगायतको स्थानबाट उल्लेख्य संख्यामा यात्रीहरू अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप तथा पूर्वतिरका विभिन्न जिल्लातर्फ प्रस्थान गरेका छन्।

   

प्रकाशित: ३ कार्तिक २०८० ८:२६ | Friday, October 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast