त्रिदेशीय सिरिजमा नेपालद्वारा हङकङ पराजित

हिमाल प्रेस २ कार्तिक २०८० १६:२२ | Thursday, October 19, 2023
त्रिदेशीय सिरिजमा नेपालद्वारा हङकङ पराजित चार विकेट लिएका करण केसी म्यान अफ दी म्याच उपाधिका साथ।

काठमाडौँ– राजधानीमा जारी त्रिदेशीय ट्वान्टी-२० क्रिकेट सिरिजमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ। हङकङले प्रस्तुत गरेको ९५ रनको विजयी लक्ष्य पच्छ्याएको नेपालले १३‍‍.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। यो जितसँगै नेपालले जारी प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ।

बुधबार भएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले पराजित गरेको थियो।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए। उनले ३४ बलमा ६ छक्कासहित ४२ रनको योगदान दिएका हुन्। कप्तान रोहितकुमार पौडेलले अविजित २५ रन बनाए भने गुल्सन झाले अविजित १४ रन जोडे। कुशल भुर्तेल ८ रनमा आउट भए।

हङकङका लागि एहसान खानले तीन विकेट लिए भने यासिम मुर्ताजाले एक विकेट झारे। त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङ १९‍‍‍.३ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनमा समेटिएको थियो। हङकङका लागि यासिम मुर्ताजाले सर्वाधिक ३६ बनाए। जिसन अलीले १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

हङकङलाई ९४ रनमा समेट्ने क्रममा नेपालका करण केसीले चार विकेट लिए भने अविनाश बोहरा र सोमपाल कामीले समान दुई-दुई विकेट लिए। त्यस्तै कुशल मल्ल र श्याम ढकाल (मौसम) ले समान एकरएक विकेट लिए।

प्रकाशित: २ कार्तिक २०८० १६:२२ | Thursday, October 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast