तमु धिं नेपाल अध्यक्षमा हुम निर्विरोध

हिमाल प्रेस २६ असोज २०८० ७:०५ | Friday, October 13, 2023
तमु धिं नेपाल अध्यक्षमा हुम निर्विरोध

पोखरा- तमु धिं नेपाल अध्यक्षमा हुमबहादुर गुरुङ निर्विरोध भएका छन्।
संस्थाको ३९ औं साधारणसभा तथा १६ औं महाधिवेशनअन्तर्गत बिहीबार पोखरामा भएको मनोनयनमा आगामी नेतृत्वको लागि उनको मात्र एकल उम्मेदवारी परेको थियो।

यसैगरी, संस्थाको वरिष्ठ उपाध्यक्ष पदमा सुमे श्रीप्रसाद गुरुङ, प्रथम उपाधयक्ष गिमाया गुरुङ, द्वितीय उपाध्यक्ष नारायण गुरुङ, महासचिव अधिवक्ता जूनाकुमारी गुरुङ, सचिव जुमकाजी गुरुङ, सहसचिव गोपाल गुरुङ, कोषाध्यक्ष गमबहादुर गुरुङ र सहकोषाध्यक्ष सु तुलबहादुर गुरुङ निर्विरोध भएको निर्वाचन समिति सदस्य पत्रकार राजबहादुर गुरुङले बताए ।
नयाँ कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ ।

तमु धिं नेपालको साधारणसभा तथा महाधिवेशन असोज २७ गते नेपाल सरकारका सहरी विकास मन्त्री सीता गुरुङको प्रमुख आतिथ्यमा पोखरामा हुँदैछ ।

प्रकाशित: २६ असोज २०८० ७:०५ | Friday, October 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast