काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक डाकेको छ। सोमबार दिनको २ः३० बजे पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक बोलाइएको पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
बैठकमा मधेश प्रदेशसभाका समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा उम्मेदवार छनोट गर्नेबारे छलफल हुने बस्नेतले बताए।
साथै बैठकमा पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियानबारे समेत समीक्षा हुनेछ। जसपाले गत भदौदेखि पार्टी विस्तार र सुदृढीकरणसम्बन्धी तीन महिने अभियान सञ्चालन गरिरहेको छ।
प्रकाशित: ११ कार्तिक २०८० १०:२२ | Saturday, October 28, 2023
प्रतिक्रिया





