घुम्नैपर्ने शिवनाथ [तस्बिरहरू]

हिमाल प्रेस ९ कार्तिक २०८० १८:२९ | Thursday, October 26, 2023
घुम्नैपर्ने शिवनाथ [तस्बिरहरू]

बैतडीको शिवनाथ गाउँपालिकामा रहेको शिवनाथ मन्दिर। यहाँ प्रत्येक वर्ष दसैँको घटस्थापनादेखि अष्टमीसम्म श्रद्धालुको भीड लाग्छ। साथै कार्तिक शुक्लपक्षको सप्तमी र अष्टमीका दिन विशेष मेला (जात्रा) लाग्ने गर्छ। सप्तमीको रात रतेडी र अष्टमीको दिनमा दिसेडी लाग्ने गर्छ।

मेला हेर्न भारतको कुमाउ, गडवाललगायतबाट मानिस आउने गर्छन्। पछिल्लो समय पश्चिमा देशका पर्यटकसमेत मेलामा देखिने गर्छन्। मेला लाग्ने दिनबाहेक यहाँको प्राकृतिक बनोट आकर्षक देखिन्छ।

चारैतिरबाट जंगलले घेरिएको मन्दिर परिसर थुम्कैथुम्काले आकर्षक देखिन्छ। यहाँको हरियाली तथा बोटबिरुवा जोगाएर संरक्षण गर्न सकेमा शिवनाथलाई ‘मिनी खप्तड’को रूपमा विकास गरि थप पर्यटक तान्न सकिने यहाँका स्थानीय बताउँछन्।

 

 

प्रकाशित: ९ कार्तिक २०८० १८:२९ | Thursday, October 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast