ग्लोबल आइएमई बैंक २५ मिलियन अमेरिकी डलर ऋण लिँदै, स्वच्छ ऊर्जामा लगानी गर्ने

हिमाल प्रेस २४ असोज २०८० ११:५५ | Wednesday, October 11, 2023
ग्लोबल आइएमई बैंक २५ मिलियन अमेरिकी डलर ऋण लिँदै, स्वच्छ ऊर्जामा लगानी गर्ने

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल क्लाइमेट पार्टनरसिप फन्ड (जीसीपीएफ), लक्जम्बर्गबाट २५ मिलियन अमेरिकी डलर (३ अर्ब २५ करोड रुपैयाँ) ऋण लिने भएको छ।

यससम्बन्धी दुई पक्षबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। उक्त ऋणले बैंकको कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्नुका साथै बैंकलाई ऊर्जा दक्षता प्रवर्द्धन गर्न तथा नविकरणीय ऊर्जा परियोजनामा वित्तीय सहायता प्रदान गर्न सहयोग पुग्ने छ।

जीसीपीएफले जलवायु परिवर्तनसम्बन्धी व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले नेपालमा पहिलो पटक ग्लोबल आइएमई बैंकलाई ऋण प्रदान गरेको हो। वातावरण संरक्षणमा यसको महत्त्वपूर्ण वित्तीय भूमिका रहने विश्वास गरिएको छ।

जीसीपीएफले २७ विकासोन्मुख तथा उदीयमान राष्ट्रमा जलवायु परिवर्तन तथा दिगो विकासमा केन्द्रित रही वित्तीय लगानी गर्दै आएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले जीसीपीएफसँगको सहकार्यप्रति खुसी व्यक्त गर्दै प्राप्त ऋण सहयोगले बैंकको कर्जा लगानी क्षमता अभिवृद्धि हुने र उर्जा क्षेत्रमा लगानी बढाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

नेपालमा जलवायु परिवर्तनबाट पर्ने असर कम गर्न, ऊर्जा क्षेत्रमा प्रभावकारिता एवं दक्षता वृद्धि गर्न तथा नविकरणीय ऊर्जा परियोजनामा वित्तीय सुविधा उपलब्ध गराउन ‘क्लाइमेट फन्ड’ले महत्त्वपूर्ण सहयोग पुर्‍याउने दुवै पक्षले विश्वास लिएका छन्।

प्रकाशित: २४ असोज २०८० ११:५५ | Wednesday, October 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast