गठबन्धन सरकार पूर्ण कार्यकालसम्म चल्छ : डा. कोइराला

हिमाल प्रेस ९ कार्तिक २०८० १८:४६ | Thursday, October 26, 2023
गठबन्धन सरकार पूर्ण कार्यकालसम्म चल्छ  : डा. कोइराला फाइल तस्बिर।

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मुलुकमा सुशासनका निम्ति भ्रष्टाचार र दण्डहीनताको समूल अन्त्य हुनुपर्ने बताएका छन्।

विराटनगरको सोभित भवनमा बिहीबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले कोशी प्रदेश सरकारका कारण केन्द्रीय गठबन्धनमा कुनै असर नपर्ने बताए। उनले अहिलेको गठबन्धनको सरकार पूर्ण कार्यकालसम्म चल्ने भन्दै नेपाली कांग्रेस एकढिक्का हुनुपर्नेमा जोड दिए। उनले देश कुनै पनि द्वन्द्वमा फस्न नहुने भन्दै नेपाल एसियाको गरिब देश हुनुमा राजनीतिक दल र नेता प्रमुख कारक हो भने।

केन्द्रीय सदस्य डा. कोइरालाले विकासमा कोशी प्रदेश पछाडि पर्नाका कारण पनि राजनीतिक अस्थिरता हो भन्दै राजनीतिक दलले समाजलाई जोड्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे। उनले भने, ‘अन्य राजनीतिक पार्टीबाट समायोजन भएर आउने राजनीतिक दलका नेता र कार्यकर्तालाई नेपाली कांग्रेसले संरक्षणसहित अवसर पनि दिन्छ।’

प्रकाशित: ९ कार्तिक २०८० १८:४६ | Thursday, October 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast