कोशी प्रदेशबारे निर्णय लिन राप्रपा पदाधिकारी बैठक जारी

हिमाल प्रेस २६ असोज २०८० १०:१५ | Friday, October 13, 2023
कोशी प्रदेशबारे निर्णय लिन राप्रपा पदाधिकारी बैठक जारी राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन।

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को पदाधिकारी बैठक अहिले बसिरहेको छ।

कोशी प्रदेशमा नयाँ सरकार गठन गर्ने सम्बन्धमा निर्णय लिन राप्रपाको पदाधिकारी बैठक बसेको हो।

कोशीमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका इन्द्र आङ्बोले दाबी गरेका छन्। यस्तै नेपाली कांग्रेसको शेखर कोइराला समूहले विद्रोह गरी एमालेको समर्थनमा केदार कार्कीलाई मुख्यमन्त्रीका लागि अगाडि सारेको छ।

राप्रपा पदाधिकारी बैठकले कोशीमा कसलाई साथ दिने भनेर निर्णय लिने नेताहरूको भनाइ छ।

प्रकाशित: २६ असोज २०८० १०:१५ | Friday, October 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast