कोशीमा ८ सांसदको दोहोरो हस्ताक्षरले मुख्यमन्त्री नियुक्त गर्न अन्योल

हिमाल प्रेस २५ असोज २०८० १८:४९ | Thursday, October 12, 2023
कोशीमा ८ सांसदको दोहोरो हस्ताक्षरले मुख्यमन्त्री नियुक्त गर्न अन्योल कांग्रेसका कार्की र माओवादीका आङ्बो।

इटहरी- कोशी प्रदेशसभाका ८ जना सांसदले दोहोरो हस्ताक्षर गरेपछि मुख्यमन्त्री नियुक्त गर्न अन्योल भएको छ। आज (बिहीबार) एमालेसहितको समर्थनमा कांग्रेसका डा. शेखर कोइराला पक्षधरका ८ जना सांसदको हस्ताक्षरसहित केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।

यस्तै गठबन्धनको तर्फबाट माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन्। तर कांग्रेसका ८ जना सांसदले भने गठबन्धनतर्फ पनि हस्ताक्षर गरेपछि मुख्यमन्त्री नियुक्तमा अन्योल भएको हो।

यसैबीच कांग्रेसका सांसद केदार कार्कीसहितका ८ सांसदहरूले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आफूहरूले माओवादीका आङ्बोलाई समर्थन नगरेको जनाएका छन्।

मुख्यमन्त्रीमा दाबी पेस गरेका कार्कीले आफूहरू उपस्थित भएर आफ्नो हस्ताक्षर सनाखत गरेकाले अन्य कुनै सदस्यले पेस गरेको दाबी झुटो भएकाले खारेज गर्न मागसमेत गरेका छन्।

कांग्रेसका कार्की पक्षमा कांग्रेसका सांसदहरू कार्कीसहित उदयपुरका रामकुमार खत्री, लीलाकुमारी राई, इलामका शमशेर राई र गोविन्द गिरी, झापाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीकी सुनिता गुरुङले हस्ताक्षर गरेका छन्।

प्रकाशित: २५ असोज २०८० १८:४९ | Thursday, October 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast