कोशीको मुख्यमन्त्रीमा एमाले-कांग्रेसबाट कार्की र माओवादी-कांग्रेसबाट आङ्बोको दाबी पेस

विवेक विवश रेग्मी २५ असोज २०८० १७:३० | Thursday, October 12, 2023
कोशीको मुख्यमन्त्रीमा एमाले-कांग्रेसबाट कार्की र माओवादी-कांग्रेसबाट आङ्बोको दाबी पेस कांग्रेसका कार्की र माओवादीका आङ्बो।

इटहरी- कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस र नेकपा एमालेबीच केदार कार्कीलाई मुख्यमन्त्री बनाउने समझदारी भएको छ। कांग्रेस सांसद कार्की नेता डा. शेखर कोइराला निकट मानिन्छन्।  समझदारीपछि कार्की समूहले मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेको छ।

माओवादी र कांग्रेस संस्थापन पक्षले माओवादीका इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउन हस्ताक्षरसहित दाबी पेस गरेको छ।योसँगै मुख्यमन्त्रीमा दोहोरो दाबी पेस भएको छ।

कांग्रेसका कोइराला पक्षीय सांसद शमशेर राईले आफूहरूले केदार कार्कीलाई मुख्यमन्त्री बनाउने गरी दाबी पेस गरिएको जानकारी दिए। उनले हिमाल प्रेससँग भने, ‘हामीले दाबी पेस गरेका छौँ।’ कोइराला पक्षका ८ सांसद र एमालेका उपसभामुखसहित ४० सांसदको हस्ताक्षर जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गरिएको हो।

केदार कार्की पक्षमा कांग्रेसका सांसदहरू कार्कीसहित उदयपुरका रामकुमार खत्री, लीलाकुमारी राई, इलामका शमशेर राई र गोविन्द गिरी, झापाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीकी सुनिता गुरुङले हस्ताक्षर गरेका छन्।

प्रकाशित: २५ असोज २०८० १७:३० | Thursday, October 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast