करिब सात किलो चाँदीसहित एक पक्राउ

हिमाल प्रेस २५ असोज २०८० १७:४६ | Thursday, October 12, 2023
करिब सात किलो चाँदीसहित एक पक्राउ

काठमाडौँ- काभ्रेपलाञ्चोकस्थित बनेपा नगरपालिका ८ सिनागालबाट करिब सात किलो चाँदीको सिक्कासहित एक जना पक्राउ परेका छन्। भारतको रक्सौल नागाटोल, पूर्वी चम्पार घर बताउने २९ वर्षिय आश्वानी शराफलाई सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

विरगंजबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार शराफको साथमा ३ वटा पोकामा चाँदी जस्तो देखिने सेतो धातुको सिक्कालगायतको गरगहना फेला परेपछि नियन्त्रणमा लिएको हो। उनलाइ आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी गरिएको छ।

प्रकाशित: २५ असोज २०८० १७:४६ | Thursday, October 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast