एमालेमा थपिए १ लाख ६१ हजार नयाँ सदस्य

हिमाल प्रेस २४ असोज २०८० १९:४४ | Wednesday, October 11, 2023
एमालेमा थपिए १ लाख ६१ हजार नयाँ सदस्य नेकपा एमालेको केन्द्रीय कार्यालय।

काठमाडौँ-  नेकपा (एमाले) मा दशौँ राष्ट्रिय महाविधेशनयता १ लाख ६१ हजार नयाँ संगठित सदस्य थपिएका छन्। नयाँ र नवीकरणसहित हाल एमालेमा संगठित सदस्य ५ लाख ५० हजार पुगेका छन्।

पार्टीको प्रदेश कमिटीका अधिवेशन सुरु हुनुअघि एमाले केन्द्रीय कार्यालयमा अभिलेख भएको विवरणअनुसार सो परिमाणमा पार्टीका संगठित सदस्य रहेको केन्द्रीय संगठन विभागका सचिव माधव ढुंगेलले जानकारी दिए। उनका अनुसार अब प्रवास कमिटीमा रहेका संगठित सदस्यको संख्या विवरण आउन बाँकी छ।

‘हामीले प्रदेश कमिटी अधिवेशनसम्म पार्टी सदस्यता नवीकरण गर्न भनेका थियौँ,’ उनले भने, ‘प्रदेश कमिटी अधिवेशन सकिएपछि जिल्ला अधिवेशन सुरु हुन्छ । त्यतिबेला पनि पार्टी सदस्यता वितरण, नवीकरणको कार्य हुन्छ।’

एमालेको दशौँ राष्ट्रिय महाविधेशनमा ८ लाख ५५ हजार सदस्य रहेका थिए। नवौँ महाधिवेशनताका पार्टीका सदस्य २ लाख ५६ हजार ७ सय ७२ थिए भने त्यसपछि सात लाखको हाराहारीमा सदस्य पुगेका थिए।

प्रकाशित: २४ असोज २०८० १९:४४ | Wednesday, October 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast