इजरायलमा १० जनाको मृत्यु भएको सम्झनामा आज राष्ट्रिय शोक

हिमाल प्रेस २३ असोज २०८० ६:५२ | Tuesday, October 10, 2023
इजरायलमा १० जनाको मृत्यु भएको सम्झनामा आज राष्ट्रिय शोक

काठमाडौँ- सरकारले इजरायलमा मृत्यु भएका १० जना नेपालीको शोकमा आज मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मृतकप्रति श्रद्धाञ्जली दिँदै आज राष्ट्रिय शोकको घोषणा गरेको हो।

सरकारले मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्ने र घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

मृत्यु भएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ ।

प्रकाशित: २३ असोज २०८० ६:५२ | Tuesday, October 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast