इजरायलमा रहेका विद्यार्थीको आग्रह : नेपाल लग्न नसके अरू देशमै भए पनि लगिदिनु

हिमाल प्रेस २३ असोज २०८० ६:५७ | Tuesday, October 10, 2023
इजरायलमा रहेका विद्यार्थीको आग्रह : नेपाल लग्न नसके अरू देशमै भए पनि लगिदिनु फाइल तस्बिर : एपी

काठमाडौँ- युद्धग्रस्त इजरायलमा रहेका नेपाली विद्यार्थीहरूले आफूहरूलाई सुरक्षित स्थानमा लगिदिन आग्रह गरेका छन्।

गएराति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै इजरायलमा रहेका नेपाली विद्यार्थी सुरज भण्डारीले आफूहरूलाई नेपाल लैजान नसिकए अन्य देशमा लगिदिन आग्रह गरेका हुन्।

‘हामीलाई नेपाल लैजान सकिँदैन भन्ने अन्य देशमा लगियोस् कमसेकम सुरक्षित त हुने छौं,’ उनले लेखेका छन्।

उनले हाल आफूहरूलाई इजिप्टको सिमानामा राखिएको भन्दै त्यहाँ पनि सुरक्षित नरहेको बताएका छन्।

गाजा क्षेत्रबाट हमासले शनिबार इजरायली क्षेत्रमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ।

 

प्रकाशित: २३ असोज २०८० ६:५७ | Tuesday, October 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast