अन्नपूर्ण प्राकृतिक अस्पतालले इजरायलबाट फर्केका नागरिकलाई नि:शुल्क उपचार गर्ने

हिमाल प्रेस २९ असोज २०८० १५:४० | Monday, October 16, 2023
अन्नपूर्ण प्राकृतिक अस्पतालले इजरायलबाट फर्केका नागरिकलाई नि:शुल्क उपचार गर्ने

काठमाडौँ- अन्नपूर्ण प्राकृतिक अस्पतालले इजरायलबाट फर्केका नेपाली नागरिक र उनिहरूकाे परिवारका सदस्यहरूलाइ निशुल्क पोस्ट-ट्रमाटिक स्ट्रेस डिसअडर (PTSD) उपचार सेवा दिने भएकाे छ। ललितपुरकाे नख्खु दोबाटो, बागडोल-४, खरिबोटमा रहेकाे अस्पतालले एक महिनाकाे लागी याे सेवा निशुल्क गर्ने जानकारी दिएकाे छ।

अस्पतालका संस्थापकसमेत रहेका डाक्टर स्कन्द डाँगीका अनुसार यस अस्पतालले प्राकृतिक चिकित्सा, योग थेरापी, भोजन चिकित्सा, फिजियोथेरापी, उपवास चिकित्सा, जडबुटी, अकुपञ्चर, हाइड्रोथेरापी, मसाज थेरापीलगायतको हानीरहित उपचार गरिरेहको बताए।

विशेष गरी इजराइलबाट फर्केका नेपालीहरूमा डर, त्रास, चिन्ता मानसिक समस्या, मुटुकाे कम्पन चाल बढ्ने, अनिन्द्रा, झस्कनेलगायत विभिन्न खालका मानसिक समस्याहरू देखिएकाे डा. डाँगीकाे भनाइ छ।

इजरायल र हमासबीचकाे युद्धमा केहि दिन पहिला १० नेपाली नागरिककाे मृत्यु भएकाे थियाे। युद्धग्रस्त देश इजराइलबाट हालसम्म दुई सय ५४ जना नेपाली स्वदेश फर्काइएकाे छ। बाँकीकाे उद्धार गर्न सरकार प्रयासरत छ।

युद्धग्रस्त देश इजराइलबाट फर्किएका नेपालीहरूले ललितपुर नख्खु दोबाटो, बागडोल-४, खरिबोटमा रहेकाे अस्पतालमा ०१५१९११७१ र ९८६९४९७६३६ सम्पर्क गर्न सक्ने अस्पताल स्राेतले जनाएकाे छ।

प्रकाशित: २९ असोज २०८० १५:४० | Monday, October 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast