एमाले कर्णालीमा अध्यक्षका उम्मेदवार ५ जना

हिमाल प्रेस १३ असोज २०८० ७:३७
6
SHARES
एमाले कर्णालीमा अध्यक्षका उम्मेदवार ५ जना

काठमाडौँ- नेकपा एमालेको कर्णाली प्रदेश कमिटीका पदाधिकारीमा २० जनाको उम्मेदवारी परेको छ। शुक्रबार साँझसम्म रहेको उम्मेदवारी दर्ता समयसम्म एमालेको प्रदेश पदाधिकारीका पाँचवटा पदमा २० जनाको उम्मेदवारी परेको हो।

प्रदेश अध्यक्ष पदका लागि गुलाबजंग शाह, प्रेमबहादुर सिंह, राजबहादुर शाही, मीनबहादुर शाही र प्रकाश रोकायाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा दानिसंह परियार, टेकराज पछाई र लालबहादुर महतराको उम्मेदवारी परेको छ। त्यसैगरी सचिव पदमा रुद्रबहादुर शाही, डण्डी शर्मा र ध्रुवबहादुर शाहीको उम्मेदवारी परेको छ।

उपसचिव (समावेशी)मा मेनका पछाई र पद्मा खड्काको उम्मेदवारी छ। यसैगरी उपसचिव (खुला)मा नारायणकुमार शाह, रवीन्द्रकुमार शर्मा, रमेशकुमार शाही, बखतबहादुर भण्डारी, कमल शाही, तेजप्रकाश विक (तोरन) र धीरेन्द्रराज गिरीको उम्मेदवारी परेको निर्वाचन अधिकृत तथा अधिवक्ता रामबाबु बिसीले जानकारी दिए।

प्रदेश कमिटीको १३० सदस्य पदका लागि तीन सयभन्दा बढीको उम्मेदवारी परेको बिसीले जानकारी दिए। सदस्य पदमा रहेका उम्मेदवारहरूको नामावली भने निर्वाचन समितिले प्रकाशनको तयारी गरिरहेको छ।

शनिवार एमालेको कर्णाली प्रदेश कमिटीको निर्वाचन हुँदैछ।

प्रकाशित: १३ असोज २०८० ७:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − seven =