काठमाडौँ- नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओली निकट मानिने कैलाशप्रसाद ढुंगेल विजयी भएका छन् । उनले ६९६ मतका साथ विजय हासिल गरेका हुन् । यस्तै निकटतम् प्रतिद्वन्द्वी कृष्ण प्रसाद दहालले ४३९ मत पाएको निर्वाचन समितिले जनाएको छ।
शुक्रबार मध्यरातमा सार्वजनिक अन्तिम मतपरिणामअनुसार पदाधिकारीतर्फकै उपाध्यक्ष पदमा दावा दोर्जे लामा विजयी भएका छन्। उनी ६१५ मतका साथ विजयी हुँदा सोही पदमा प्रतिस्पर्धा गरेका ईश्वरचन्द्र पोखरेलले २२१ तथा नारायणप्रसाद खतिवडाले २०९ मत पाए। यसैगरी राजेन्द्र राजथलाले ९० मत पाएका छन्।
यसैगरी सचिव पदमा नवराज सिलवाल जम्मा एक मतले विजयी भए। उनले ५६८ मत पाउँदा हस्तबहादुर पण्डितले ५६७ मत पाए।
यसैगरी उपसचिव खुलातर्फ प्रेमबहादुर महर्जन ३६७ मतका साथ विजयी भए। यसैगरी सोही पदका अन्य प्रतिस्पर्धीहरु ओम राज पन्तले ११६, कृष्णहरि थापाले १०८, खड्गबहादुर खत्रीले ११६, टासी लामाले २३२, डबल पाण्डेले ९६, रमेश महर्जनले ७६, राजेन्द्य्र श्रेष्ठले ५८ मत पाए।
यसैगरी सचिव महिलातर्फ भक्तकुमारी लामाले ५९९ मत पाए। अन्य प्रतिस्पर्धीहरु रिता गौतम ढकालले ५३६, अर्जुन बस्नेतले २३२, अशोक चौलागाईँले ३०१, आरसी रामचन्द्र पौडेलले २४२, उद्धव केसीले २४२, उपेन्द्र पौडेलले २४८, कृष्ण सिलवालले १८२ र कृष्णमान लामाले १३५ मत पाए।
एमाले बागमती प्रदेशमा सहमतिमा नेतृत्व चयनको प्रयास भएपनि त्यो सम्भव नभएपनि शुक्रबार मतदान भएको थियो। मतदानमा ११३५ मतदाता सहभागी भएको निर्वाचन समितिले जनाएको छ।