नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएका शिक्षक अख्तियारको फन्दामा

हिमाल प्रेस १२ असोज २०८० १६:४७
52
SHARES
नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएका शिक्षक अख्तियारको फन्दामा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको घोडाघोडी नगरपालिका–२ स्थित दशरथ माध्यमिक विद्यालयका राहत शिक्षक महेश शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। शाहले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर शिक्षण पेसामा लागेको पुष्टि भएपछि शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

अनुसन्धानका क्रममा शाहले भारतको माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेशबाट प्राप्त गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको देखिएको अख्तियारको दाबी छ।

प्रकाशित: १२ असोज २०८० १६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =