सुर्खेतकाे बोटेचाैरमा भेरी करिडोरकाे स्थापना

हिमाल प्रेस ११ असोज २०८० १९:४६
सुर्खेतकाे बोटेचाैरमा भेरी करिडोरकाे स्थापना

सुर्खेत- सुर्खेतकाे बाेटेचाैरमा भेरी काेरिडाेर सिँचाइ तथा नदी व्यवस्थापन आयाेजना कार्यालयकाे स्थापना गरिएकाे छ। कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बिहीबार कार्यालयकाे उद्घाटन गरेका हुन्।

कार्यालय उद्घाटन कार्यक्रममा बाेल्दै उनले वर्तमान सरकारले कर्णालीलाई प्राथमिकतामा राखेर काम गरेकाे बताए। उनले मुलुककाे विकासका लागि प्रधानमन्त्रीकाे चीन भ्रमण सफल भएकाे बताए।

उपप्रधानमन्त्री खड्काले सरकारले सुशासनकाे नयाँ याेजना ल्याउने तयारीमा रहेकाे जानकारी दिए  उनले भेरी काेरिडाेर आयाेजनामा प्रदेश सरकार, स्थानीय सरकार सबैकाे भूमिका रहेकाे बताए।  नेता खड्काले एकताबद्ध भएर कर्णालीलाई विकसित र अग्रपंक्तिमा पुर्‍यानुपर्ने उल्लेख गरे।

उनले आर्थिक प्रतिकूलताको बीचमा, कोरोनको डरलाग्दो अवस्थाले अर्थतन्त्रमा पारेको असरलाई चिर्दै सबल अर्थतन्त्र निर्माणमा लागिरहेको बताए। उनले अर्थतन्त्राई चलायमान बनाउन विभिन्न कार्यक्रमहरू सरकारले सञ्चालन गरिरहेको बताउँदै वर्तमान सरकारले विगतको तुलनामा नयाँ आयोजनामा पर्याप्त बजेट विनियोजन गरेको बताए।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा याेजनामन्त्री बेदराज सिंह, आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण जीसी, जलस्रोत तथा उर्जा विकास मन्त्री उर्मिला विश्वकर्मा, सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकाेटा, कर्णाली प्रदेश प्रहरी कार्यालका प्रमुख डीआईजी भीमप्रसाद शर्मा लगायतको उपस्थित थियाे।

प्रकाशित: ११ असोज २०८० १९:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eleven =