मुख्यमन्त्री यादवको आरोप : केन्द्र सरकार नै संघीयता विरोधी भयो

हिमाल प्रेस ११ असोज २०८० १७:३७
6
SHARES
मुख्यमन्त्री यादवको आरोप : केन्द्र सरकार नै संघीयता विरोधी भयो

जनकपुरधाम- मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयता विरोधी सामाजिक सद्‌भाव बिगार्ने गतिविधिमा सक्रिय रहेको बताएका छन्। पछिल्लो समय मधेश प्रदेशमा सामाजिक सदभाव बिगार्ने गरी क्रियाकलाप बढिरहेको समयमा मुख्यमन्त्री यादवले यस्तो बताएका हुन्।

इस्लाम धर्मका प्रवर्तक मोहम्मद पैगम्बरको जन्मदिवसको अवसरमा मुस्लिम धर्मावलम्बीहरूले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले सामाजिक सद्भाव बिगार्नेहरू तथा संघीयता विरोधीहरूबाट अहिले सचेत हुनआवश्यक रहेको बताए।

यद्यपी संसारको कुनै शक्ति संघीयताको विरोधमा लागे पनि संघीयतालाई खारेज गर्न नसकिने उनको भनाइ थियो। मुख्यमन्त्री यादवले प्रदेश सरकारसँग आफ्नो प्रशासन नहुँदा सामाजिक सदभाव बिगार्नेहरूविरुद्ध कारबाहीसम्म गर्न नसकिरहेको गुनासो गरे।

संघ सरकारसँग सब थोक भए पनि त्यस्ता तत्वहरूलाई कानुनी दायरामा नल्याएको भन्दै त्यस्ता गतिविधि गर्नेहरूको मनोबल उच्च हुँदै गइरहेको टिप्पणी गरे। उनले संघ सरकार नै संघीयता विरोधी भएको पनि आरोप लगाए।

कार्यक्रममा नेकपा एमालेकी नेत्री जुली महतोले पैगम्बर मोहम्मदले जीवन पर्यन्त सामाजिक सद्भाव तथा भाइचाराको सन्देश दिएकाले उनले दखाएको बाटो अनुसरण गर्न आग्रह गरिन्। पैगम्बर मोहम्मदले देखाएको बाटो अनुसरण नगर्दा पछिल्लो समय समाजमा सामाजिक सद्भाव खलबलाउनेहरू सक्रिय हुँदै गइरहेको उनको भनाइ थियो।

प्रकाशित: ११ असोज २०८० १७:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =