अन्तर्राष्ट्रिय फुटबलमा फर्कँदै रुसी

हिमाल प्रेस १० असोज २०८० १४:५५
4
SHARES
अन्तर्राष्ट्रिय फुटबलमा फर्कँदै रुसी

काठमाडौँ- युरोपेली फुटबल महासंघ (यूईएफए)ले रुसी खेलाडीहरूलाई मैदान फर्काउने तयारी गरेको छ। रुसले गत वर्ष फेब्रुअरीमा युक्रेनमाथि हमला गरेपछि रुसी फुटबलमाथि यूईएफले प्रतिबन्ध लगाएको थियो।

तर अब युरोपेली फुटबल नियामक संस्थाले रुसी खेलाडीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न दिने तयारी गरेको हो। सुरुमा १७ वर्षमुनिको प्रतियोगितामा रुसी खेलाडीहरूलाई भाग लिन दिन लागिएको बेलायती सञ्चारमाध्यम द इन्डिपेन्डेन्टले लेखेको छ।

यद्यपि ती प्रतियोगितामा रुसी खेलाडीहरूले रुसको जर्सीमा खेल्न पाउने छैनन्। न त झण्डा वा राष्ट्रिय गानकै प्रयोग हुनेछ। र प्रतियोगिताका कुनै खेल रुसी भूमिमा हुने छैनन्।

‘वयस्कहरूका कारण सुरु भएको युद्धले बालबालिका तथा किशोरहरूको खेल्ने अधिकार खोसिनु हुँदैन। युद्धका कारण एउटा सिंगो पुस्ता नै फुटबलबाट विमुख हुने वातावरण सिर्जना भएको छ।

यसकारण युईएफएले रुसी किशोर तथा किशोरीहरूलाई आफ्ना प्रतियोगितामा फर्कन दिने निर्णय गरेको छ। यद्यपि रुसी टिमहरू खेल्दा राष्ट्रिय जर्सी, झण्डा र गानको प्रयोग हुनेछैन,’ यूईएफएले भनेको छ।

उमेर समूहका टिमलाई युरोपेली प्रतियोगितामा फर्काउने भनिए पनि सिनियर राष्ट्रिय टिम र क्लबहरूमाथिको प्रतिबन्ध भने जारी राख्ने यूईएफएको योजना छ। युक्रेनमा युद्ध नरोकिएसम्म प्रतिबन्ध नहट्ने युईएफएले यसअघि नै प्रस्ट पारिसकेको छ।

रुसले अन्तिम पटक आधिकारिक अन्तर्राष्ट्रिय खेल खेलेको विश्वकप २०२२ छनोटमा हो। नोभेम्बर १४ मा छनोट समूह चरणको अन्तिम खेल खेलेको रुसले प्लेअफमा पोल्यान्डको सामना गर्ने तालिका थियो। तर युक्रेनमाथि भएको हमलाको विरोधस्वरुप पोल्यान्डले रुससँग खेल्न मानेन।

मार्च २४ मा पोल्यान्डससँगको खेल खेल्न नपाएको रुस मे २ मा प्रतिबन्धमा प¥यो। त्यसपछि रुसलाई युरो २०२४ को छनोटमा समेत सहभागी गराइएको छैन। रुसी महिला टिमलाई गत वर्षको युरोपेली च्याम्पियनसिपबाट निकालिएको थियो।

प्रतिबन्धका कारण रुसले गत वर्षको च्याम्पियन्स लिग फाइनल पनि खेलाउन पाएन। पेरिसमा भएको च्याम्पियन्स लिग फाइनल पिटर्सबर्गमा हुनुपर्ने थियो। च्याम्पियन्स लिग फाइनल मात्र होइन सन् २०२४ को सुपर कप खेलाउने जिम्मा पनि रुसलाई नै दिइएको थियो। तर प्रतिबन्धकै कारण सुपर कप रुसी सहर काजानबाट एथेन्स सारिएको छ।

प्रकाशित: १० असोज २०८० १४:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + three =