काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल) फुटबलको आउँदो सिजनका लागि नेपालको राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ मार्की खेलाडीको रूपमा एफसी चितवन क्लबमा आबद्ध भएका छन्।
त्यसका लागि गेम वान प्रालिअन्तर्गत एफसी चितवन क्लबका अध्यक्ष सचिन ढकाल र गोलकिपर विशाल श्रेष्ठले सम्झौता गरेका छन्। नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिगको रूपमा रहेको एनएसएल काठमाडौँको दशरथ रंगशालामा मंसिर ८ गतेदेखि पुस १४ गतेसम्म हुनेछ।
एनएसएलमा नेपालका ९ वटा फ्रेन्चाइज टिम एफसी चितवन, काठमाडौँ रेजर्स, ललितपुर सिटी एफसी, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, विरगञ्ज युनाइटेड, झापा एफसी र स्पोर्टिङ इलाम टिमले प्रतिस्पर्धा गर्नेछन्।
प्रकाशित: ९ असोज २०८० १९:३१
प्रतिक्रिया