‘चिकित्सकमाथि आक्रमण गरेर आतंक फैलाइयो’

हिमाल प्रेस ९ असोज २०८० १६:०९
18
SHARES
‘चिकित्सकमाथि आक्रमण गरेर आतंक फैलाइयो’

काठमाडौँ- देशका विभिन्न स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गरिएका सांघातिक आक्रमणप्रति नेपाल चिकित्सक संघले निन्दा गरेको छ। मंगलबार विज्ञप्ति जारी गर्दै संघका महासचिव डा. सन्जिब तिवारीले आक्रमण तथा अस्पताल तोडफोड गरिएका घटनाले आफूहरू स्तब्ध भएको जनाएका छन्।

‘देशका विभिन्न (पछिल्ला घटनाक्रमहरू जस्तै– हेटौँडा, बुटवल, लमजुङ, मणिपाल कलेज पोखरा, विराटनगर, बगौडा अस्पताल चितवन, पाटन लगायतका) अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइएको, स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई आतंकित पारी शान्तिपूर्ण वातावरणमा स्वास्थ्य सेवा प्रवाहमा खलल पुर्‍याइएको तथा अस्पताल नै तोडफोड गरिएका घटनाले नेपाल चिकित्सक संघ स्तब्ध भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सुनियोजित रूपमा गरिएका सांघातिक आक्रमणप्रति यस संघ घोर भर्त्सना र निन्दा गर्दछ।’

प्रकाशित: ९ असोज २०८० १६:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =