‘रिगल’को माफीलाई लिएर राष्ट्रपतिलाई बद्‌नाम गरियो : विश्वप्रकाश शर्मा

हिमाल प्रेस ८ असोज २०८० १६:४४
32
SHARES
‘रिगल’को माफीलाई लिएर राष्ट्रपतिलाई बद्‌नाम गरियो : विश्वप्रकाश शर्मा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले गर्ने निर्णयले राष्ट्रपति संस्थालाई विवादमा तानेको भन्दै आपत्ति जनाए। आज सोमबार केन्द्रीय समिति बैठकमा धारणा राख्दै शर्माले सरकारले सिफारिस गरेको आममाफी सूचीका कुरा उठाउँदै त्यसले राष्ट्रपति संस्थाकै आलोचना भएको बताएका हुन्।

बाँकेका रिगल भनिने योगराज ढकाललाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसमा आममाफी दिएका थिए। चेतन मानन्धरको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय उनलाई संविधान दिवसको अवसर पारेर माफी दिइएको थियो। उनी तरुण दलका नेता पनि हुन्। उनी जेलमुक्त भएलगत्तै जेलकै गेटमा तरुण दलका नेताहरूले तरुण दलको झन्डा लगाइदिएर उनको स्वागत गरेका थिए।

शर्माले आफ्नो मन्तव्यको क्रममा ढकालको नाम भने लिएनन्। ‘सरकारको कार्यवाहक प्रधानमन्त्री यहाँ हुनुहुन्छ। कानुन मन्त्री हुनुहुन्छ। अरू मन्त्रीजीहरू पनि हुनुहुन्छ। म के ध्यानाकर्षण गराउन चाहन्छु भने पुराना व्यवस्थाको प्रतिनिधि जाँदै गर्दा निकै हल्लाखल्ला माहौल बनाउन खोजेको प्रयत्न एकातिर र अर्कोतर्फ राष्ट्रपति संस्थालाई आलोचना गर्ने खालका हाम्रा गतिविधि देखिए,’ उनले भने, ‘राष्ट्रपति संस्थालाई आलोचनामा आउने कर्म सरकारको पछिल्लो एउटा निर्णयले भएको छ- आममाफीको सूची। यसमा सही नै भएको छ भन्ने देखिँदैन।’

प्रकाशित: ८ असोज २०८० १६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 1 =