नेपाल-चीन बिजनेस समिट : चिनियाँ लगानी अभिवृद्धि र व्यापार सहजीकरणको अपेक्षा

हिमाल प्रेस ७ असोज २०८० १८:२०
16
SHARES
नेपाल-चीन बिजनेस समिट : चिनियाँ लगानी अभिवृद्धि र व्यापार सहजीकरणको अपेक्षा

काठमाडौँ- आइतबार भएको नेपाल–चीन बिजनेस समिटले नेपालमा चिनियाँ लगानी अभिवृद्धि र व्यापार सहजीकरणको अपेक्षा गरिएको छ।

त्यस्तै पर्यटन प्रवद्र्धन र चीनतर्फको निर्यात सहजीकरणका लागि दुवैतर्पmका सरकार र निजी क्षेत्रले सहकार्य गर्ने विषयमा समिटमा छलफल गरिएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी)ले संयुक्त रूपमा समिट आयोजना गरिएको हो।

समिटले द्विपक्षीय व्यापार प्रवद्र्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्य रहेको छ। समिटका प्रमुख अतिथिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको बताए।

नेपालमा धेरै क्षेत्र अझै पनि लगानीका लागि आकर्षक रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो। चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भए पनि दुई देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको प्रचण्डले बताए।

सीसीपीआईटीको मुख्यालय बेइजिङमा आयोजित समिटलाई सम्बोधन गर्दै चिनियाँ वाणिज्य मन्त्रालयका भाइस मिनिस्टर लि फिइले चीन र नेपालबीचको आर्थिक गतिविधि पनि बढिरहेको बताए।

नेपालमा चिनियाँले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी विस्तार हुने उनको भनाइ थियो। नेपालमा सबैभन्दा बढी लगानीको प्रतिबद्धता जनाउने मुलुक हो।
नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न चीन तयार रहेको उनले बताए।

उनले नेपालबाट बढीभन्दा बढि वायुसेवा कम्पनीलाई सेवा विस्तार गर्न प्रोत्साहित गरिने पनि बताए। समिटमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका अवसर सिर्जना गर्न पर्यटन प्रवद्र्धन र निर्यात विस्तारका लागि सरकारले प्रयत्न गरिरहेको बताए।

प्रकाशित: ७ असोज २०८० १८:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − two =