साताको सेयर बजार : ४ दिनमा ७ अर्ब ३६ करोड बढीको कारोबार

हिमाल प्रेस ६ असोज २०८० १४:०१
6
SHARES
साताको सेयर बजार : ४ दिनमा ७ अर्ब ३६ करोड बढीको कारोबार

काठमाडौँ- गएको हप्ता सेयर कारोबार मापक नेप्से परिसूचक पहिलो दिन उच्च अंकले घटेर बाँकी ३ दिन लगातार बढेर बन्द भएको छ। यो साता कुल चार दिनको कारोबारमा ७ अर्ब ३६ करोड ९५ लाख ११ हजार ८ सय ९३ रुपैयाँ बराबरको धितोपत्र खरिद बिक्री भएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजारमा साताको कारोबारको पहिलो दिन आइतबार कुल २ सय ७८ कम्पनीका ५६ लाख ५९ हजार ४ सय ५८ कित्ता सेयर २ अर्ब २ करोड ८४ लाख ६५ हजार ६ सय १० रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ।

आइतबार नेप्से परिसूचक ४२.१४ अंकले घटेर १९६४.९१ अंकमा आएको थियो। त्यस्तै दोस्रो दिन सोमबार नेप्से परिसूचक ४.२६ अंकले उकालो लागेर १९६९.१८ मा पुगेको थियो। यस दिन विभिन्न कम्पनीका कुल २८ लाख ७४ हजार २ सय ७५ कित्ता सेयर ८७ करोड ४ लाख ४४ हजार १ सय ५६ मूल्यमा खरिद बिक्री भएका थियो।

कारोबारको तेस्रो दिन भने नेप्से दोहोरो अंकले बढेको थियो। यस दिनको अन्तिम कारोबार पछिको अवस्थामा परिसूचक १६.२४ अंकले बढेर १९८५.४३ अंकमा कायम भएको थियो।

कुल २ सय ७२ कम्पनीको ४३ लाख ३६ हजार ५ सय ८३ कित्ता सेयर ५० हजार २ सय ९६ पटक खरिद बिक्री हुँदा १ अर्ब १७ करोड ६६ लाख ८० हजार ७ सय ५७ रुपैयाँ बराबरको कारोबार भएको थियो।

त्यस्तै यस साताको धितोपत्र कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक उत्साहजनक वृद्धि भएको थियो। यस दिन नेप्से परिसूचक ४४.३४ अंकले बढेर २०२९.७८ अंक कायम भएको छ।

यो दिन २७८ कम्पनीका १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता सेयर १ लाख १९ हजार ३ सय ५९ पटक खरिदबिक्री भएको थियो। जसमा ३ अर्ब २९ करोड ३९ लाख २१ हजार ३ सय ६८ रुपैयाँ बराबरको कारोबार भएको थियो।

प्रकाशित: ६ असोज २०८० १४:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + sixteen =