गोगनपानी युवा क्लबको आयोजनामा तेस्रो अजिरकोट भलिबल कप हुँदै

हिमाल प्रेस ५ असोज २०८० १४:०८
298
SHARES
गोगनपानी युवा क्लबको आयोजनामा तेस्रो अजिरकोट भलिबल कप हुँदै

काठमाडौँ- गोरखाको अजिरकोट गाउँपालिकामा ‘तेस्रो अजिरकोट भलिबल कप २०८०’ हुने भएको छ। अजिरकोट गाउँपालिका-४ को गोगनपानी युवा क्लबको आयोजनामा उक्त भलिबल कप हुन लागेको हो।

यसअघिका दुई संस्करण दशैँ कप भलिबल प्रतियोगिताको नाम बाट संचालन भए पनि यसपटक भने परिमार्जित गर्दै अजिरकोट भलिबल कप नाम दिइएको छ। यसपटकको भलिबल कपमा ‘गाेगनपानी युवा क्लबकाे शान, समग्र अजिरकोट गाउँपालिकाको खेलकुदसँगै पर्यटन विकास गराउने हाम्रो अभियान’ नारा दिइएको छ।

खेल आगामी कार्तिक १ गतेदेखि ३ गतेसम्म अजिरकोट-४ गोगनपानीस्थित गोगनपानी युवा क्लबको खेल मैदानमा हुनेछ। भलिबल कपमा गोरखा, तनहुँ, लमजुङ र कास्की जिल्लाका १२ टाेलीहरुकाे सहभागी हुनेछन्।

कपको विजेताले नगद ३० हजार रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले नगद २० हजार रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले नगद तीन हजार रुपैयाँसँगै ट्रफी हातपार्नेछ। हरेक खेलका म्यान अफ दि म्याचलाई अजिरकोट गाउँपालिकाको पर्यटकिय गन्तव्यहरूको वृतचित्र मायाको चिनो प्रदान गरिनेछ।

गाउँपालिकाभित्र रहेका युवाहरूलाई खेलकुदप्रति आकर्षित गराउनको लागि कप आयोजना गरिएको क्लबले जनाएको छ। त्यस्तै खेल पर्यटनमार्फत आर्थिक र सामाजिक विकासमा टेवा दिने, स्थानीय स्तरमै सक्षम तथा स्तरीय खेलाडी तयार गरी जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराउन सहयोग गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइएको छ।

प्रकाशित: ५ असोज २०८० १४:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =