काठमाडौँ- राष्ट्रपति बनेपछि रामचन्द्र पौडेल पहिलो पटक गृह जिल्ला तनहुँ जाँदैछन्।
राष्ट्रपति पौडेल शनिबार बिहान गृह जिल्ला तनहुँ जाने भएका हुन् ।
राष्ट्रपति पौडेलले दमौलीको बीपी वन वाटिकामा निर्माण गरिएको जिल्ला सभा हल र नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको सालिक अनावरण गर्ने कार्यक्रम रहेको छ ।
त्यसअघि राष्ट्रपति पौडेलले बिहान भँगेरथानमा पूजाआजा गर्नेछन् ।
प्रकाशित: ५ असोज २०८० ८:५९
प्रतिक्रिया