कस्तो रोग हो अल्जाइमर्स?  

हिमाल प्रेस ४ असोज २०८० १७:३७
6
SHARES
कस्तो रोग हो अल्जाइमर्स?  

अल्जाइमर्स रोग विस्मृति अर्थात् बिर्सने समस्या निम्त्याउने प्रमुख कारण हो। यो रोग लागेका व्यक्तिमा सुरुवातमा स्मरणशक्ति ह्रास हुन्छ। समयसँगै रोग बढ्दै जाँदा पछि कुराकानी गर्न र प्रतिक्रिया दिन असक्षम हुन पुग्छ।

अल्जाइमर्स रोगले सोचाइ, स्मरण शक्ति र भाषा नियन्त्रण गर्ने मतिष्कका भागमा असर पुर्‍याउँछ र व्यक्तिलाई दैनिक गतिविधि गर्न असक्षम बनाउँछ।

अल्जाइमर्स रोगका लक्षण

मिति, समय तथा स्थानका सम्बन्धमा ज्ञान हराउँदै जानु

बारम्बार एउटै कुरा सोधिरहनु

नियमित गरिरहने कार्य गर्न अप्ठ्यारो हुनु

स्वविवेक शक्ति क्षीण हुनु

देखेका कुराहरु नचिन्नु

आफूले राखेका सामान फेला पार्न नसक्नु

सामान्य समस्या समाधान गर्न नसक्नु

अल्जाइमर्स रोग भएका व्यक्तिहरुको हेरचाह

अल्जाइमर्स भएका व्यक्तिहरूको कुरालाई धैर्यपूर्वक सुन्ने

दैनिक गरिने कामकाजमा सहयोग पुर्‍याउने

आत्मनिर्भरता बढाउन आवश्यक सीपहरु सिकाउने

लड्ने तथा चोटपटक लाग्ने जोखिम न्यूनीकरण गर्न घरको वातावरण सुरक्षित बनाउने

स्मरण शक्ति बढाउने खालका अभ्यासहरू गराउने

बिरामीको हेरचाहमा सबैले सहयोग गर्ने

बिर्सिने रोग भएको बिरामी एक्लै घर बाहिर जाँदा हराउने, दुर्घटना वा हिंसामा पर्ने जोखिम हुने भएकोले फोन नम्बरसहित परिचय खुल्ने कागजात वा धातुको चुरा लगाइदिने।
सामान्यतया ६० वर्षपछिको उमेरमा अल्जाइमर्स रोगका लक्षण देखिने हुनाले आफ्नो परिवारका ज्येष्ठ सदस्यमा यो रोगका लक्षणहरु चिनौँ र जटिलता हुनबाट जोगाऔँ।

अल्जाइमर्स रोग लागेका नागरिकको उपचारका लागि नेपाल सरकारले विपन्न नागरिक औषधि उपचार कार्यक्रममा सूचीकृत अस्पतालमार्फत १ लाख रुपैयाँ बराबरको सेवा निःशुल्क लिन सकिने व्यवस्था गरेको छ।

प्रकाशित: ४ असोज २०८० १७:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − nine =