राजधानीमा शिक्षकहरूको शक्ति प्रदर्शन [तस्बिरहरू]

दिपेश श्रेष्ठ ४ असोज २०८० १५:४०
172
SHARES
राजधानीमा शिक्षकहरूको शक्ति प्रदर्शन [तस्बिरहरू]

काठमाडौँ- देशभरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक/कर्मचारीहरूले बिहीबार दोस्रो दिन पनि राजधानी केन्द्रित आन्दोलन जारी राखेका छन्। विद्यालयमा पठनपाठन बन्द गरेर राजधानी आएका शिक्षकहरूले माइतीघरदेखि बानेश्वरसम्मको मुख्य सडक क्षेत्रमा प्रदर्शन गरेका हुन्।

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा आन्दोलनमा उत्रिएका शिक्षकहरूले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

शिक्षक नेताहरूले बिहीबार बिहान उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई लगायतका सरकारी अधिकारीसँग छलफल गरी आफ्ना माग र मुद्दाबारे जानकारी गराएका थिए।

संसद्‌मा प्रमुख दलका सचेतक, संसदीय समितिका सभापति समेत सम्मिलित सरकारी वार्ता टोलीसँग मात्रै वार्ता गर्न सकिने अडान शिक्षकहरूको छ। विधेयक संसद्‌मा दर्ता भइसकेकाले शिक्षाका अधिकारीहरूसँग वार्ता हुनै नसक्ने नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए। शिक्षक आन्दोलनका कारण देभभरका झन्डै ७० लाख बालबालिकाको पढाइ प्रभावित भएको छ।

 

 

प्रकाशित: ४ असोज २०८० १५:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + nine =