जीप्याकले दक्षिण एसियामा रहेको द्वन्द्व कम गर्न पहल गर्ने

हिमाल प्रेस १ असोज २०८० १९:३०
94
SHARES
जीप्याकले दक्षिण एसियामा रहेको द्वन्द्व कम गर्न पहल गर्ने

काठमाडौँ- ‘सशस्त्र द्वन्द्व रोकथामका लागि ग्लोबल पार्टनरसिप’ (जीप्याक)ले दक्षिण एसियामा रहेको द्वन्द्व कम गर्न पहल गर्ने भएको छ।

दि नेदरल्याण्डस्को हेगमा रहेको ‘सशस्त्र द्वन्द्व रोकथामका लागि ग्लोबल पार्टनरसिप’ (जीप्याक)ले पछिल्लो समय दक्षिण एसियामा रहेको द्वन्द्व पनि कम गराउन सक्रिय पहलकदमी लिने भएको हो।

यसका लागि जिप्याकले आफ्ना सदस्य रहेको दक्षिण एसियाली थिंक ट्यांकसँग काम गर्न थालिसकेको छ। सेन्टर फर साउथ एसियन स्टडीज (सीसास)ले सेप्टेम्बर १० देखि १४ सम्म काठमाडौँमा जीप्याकको दक्षिण एसियाली क्षेत्रीय सञ्चालन समूहको बैठक बसेको हो।

उनीहरूले बैठकसँगै शान्तिसँग सम्बन्धित विषयमा बहस पनि गरेका थिए। साथै आआफ्नो मुलुकको द्वन्द्व समाधानको बारेमा पनि बताएका थिए। कार्यक्रममा पत्र तयार गरेर बहस गरिएको थियो।

खासगरी द्वन्द्वको जड के हो र के खोजिरहेका हुन्छन् भन्नेमा बहस र छलफल भएको थियो। श्रीलंका र नेपालको विषयमा बहस केन्द्रित थियो। उपस्थितमध्ये अधिकांशले द्वन्द्व भन्ने वित्तिकै झगडा, मनमुटाव र मानोमालिन्यलाई बुझाउने र द्वन्द्व हरेकको घरबाटै सुरु हुने निष्कर्ष निकालेका थिए।

क्षेत्री सहकार्यको विकास, अहिंसा र शान्तिको लागि काम गर्दै आएको जिप्याकले कुनै विषय वा प्रसंगमा रहने फरक मतलाई कार्यस्थलमा विभिन्नरूपमा प्रस्तुत गर्न नै द्वन्द्व भएकाले यसलाई सम्बोधन गर्नतर्फ लाग्नुपर्ने बताएका थिए।

जिप्याक दक्षिण एसियाका नागरिक समाज संगठनहरू र थिंक–ट्यांकहरूको नेटवर्क हो। यसले शान्ति, अहिंसा र क्षेत्रीय सहयोगलाई प्रवर्द्धनका लागि काम गर्दै आएको छ। सीसास जीप्याक दक्षिण एसियाको अन्तरिम सचिवालय हो।

प्रकाशित: १ असोज २०८० १९:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eleven =