२ महिनामा १ खर्ब ३१ अर्ब बजेट खर्च

हिमाल प्रेस १ असोज २०८० १८:३८
10
SHARES
२ महिनामा १ खर्ब ३१ अर्ब बजेट खर्च अर्थ मन्त्रालय

काठमाडौँ- चालु आर्थिक वर्ष २०८०/८१ को सुरुका २ महिनामा सरकारी बजेट खर्च वार्षिक लक्ष्यको ७.४९ प्रतिशत बराबर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्म सरकारले १ खर्ब ३१ अर्ब १४ करोड १३ लाख रुपैयाँ बराबर बजेट खर्च गरेको छ।

सरकारले चालु आवका लागि कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको विनियोजन गरेको छ। सोमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ विनियोजन भएकोमा हालसम्म ७.६८ प्रतिशत अर्थात् ८७ अर्ब ६६ करोड ३५ लाख रुपैयाँ बराबर रहेको छ।

पुँजीगत शीर्षकमा २.७ प्रतिशतमात्रै बजेट खर्च भएको छ। यो शीर्षकमा ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँ बराबरको बजेट छुट्याइएकोमा भदौ मसान्तसम्म ८ अर्ब १६ करोड ३९ लाख रुपैयाँ बराबर बजेट खर्च भएको छ।

वित्तीय व्यवस्थापन शीर्षकको बजेट खर्च वार्षिक लक्ष्यको ११.४९ प्रतिशत बराबर छ। मुख्यगरी सरकारी ऋण तिर्नका लागि प्रयोग हुने वित्तीय व्यवस्थापनतर्फको बजेट चालु आवका लागि ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ बराबर छ।

पछिल्लो २ महिनामा वित्तीय व्यवस्थापन शीर्षकबाट ३५ अर्ब ५१ करोड ३९ लाख रुपैयाँ खर्च भएको छ। यही अवधिमा सरकारले राजस्व संकलन वार्षिक लक्ष्यको १०.४७ प्रतिशत संकलन गरेको छ।

चालु आवका लागि सरकारले कुल १४ खर्ब ७२ अर्ब ४८ लाख रुपैयाँ बराबर बजेट छुट्याउने लक्ष्य राखेकोमा भदौ मसान्तसम्ममा १ खर्ब ५४ अर्ब २३ करोड ५९ लाख रुपैयाँ बराबर राजस्व उठेको छ।

कर राजस्व वार्षिक लक्ष्यको ९.८ प्रतिशत अर्थात १ खर्ब २७ अर्ब ९५ करोड ६७ लाख रुपैयाँ र गैरकर राजस्व लक्ष्यको ११.२१ प्रतिशत अर्थात् १३ अर्ब १२ करोड रुपैयाँ संकलन गरिएको छ। यो अवधिमा सरकारले वैदेशिक अनुदान भने लिएको छैन।

प्रकाशित: १ असोज २०८० १८:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eleven =