नेकपा एकीकृत समाजवादीलाई गठबन्धनबाट निकाल्ने प्रयास भइरहेको छ : माधवकुमार नेपाल

हिमाल प्रेस १ असोज २०८० १६:४३
12
SHARES
नेकपा एकीकृत समाजवादीलाई गठबन्धनबाट निकाल्ने प्रयास भइरहेको छ : माधवकुमार नेपाल मोर्चाका संयोजक माधवकुमार नेपाल।

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताएका छन। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले गठबन्धनलाई कमजोर पार्नका लागि आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्रको काम भइरहेको बताए। उनले सबै सो षड्यन्त्रबाट होशियार रहन आग्रह गरे। उनले गठबन्धनलाई बलियो बनाउने जिम्मेवारी आफूहरुको रहेको बताए। गठबन्धन बनाउने काममा भूमिका आफूहरुले नै खेलेको भन्दै गठबन्धन पनि आफूले नै जोगाउनुपर्ने बताए।

अनुचित कुराका विरुद्धमा संघर्ष गर्ने र नयाँ स्तरको उन्नत कम्युनिष्टहरुको एकता कायम गर्दै अघि बढ्ने नीति आफूहरुको रहेको बताए।

उनले भने, ‘आज गठबन्धनलाई धारे हात लगाएर यसलाई कमजोर पार्नका लागि अनि यसबाट हाम्रो पार्टीलाई बाहिर निकाल्नका लागि जुन किसिमको षड्यन्त्र भइरहेको छ। त्यसबाट होशियार हुनका लागि म सबैलाई आह्वान गर्न चाहन्छु। त्यसैले गठबन्धनलाई बलियो बनाउने हाम्रो जिम्मेवारी हो।’

अध्यक्ष नेपालले व्याख्यात्मक घोषणाको रुपमा एमसिसी पास नगरेको भए नेपालको हात तल पर्ने, नेपालको स्वाभिमानले नतमस्तक हुनुपर्ने स्थिति आउने दाबी गरे।

उनले व्याख्यात्मक घोषणापछि मात्रै पास गर्नाले विदेशीको गुलाम बन्नु नपरेको बताए। उनले एमसिसीको घोर विरोध गरेको कारण वाहवाही पाउने भए मजदुर किसान पार्टी र मोहनविक्रम सिंहको पार्टीले सय सिट कटाउने बताए। अध्यक्ष नेपालले एमसिसीको विरोध गर्न लगाएर आफ्नो पार्टीलाई सरकारबाट फाल्ने कुचेष्टा भएको बताए।

प्रकाशित: १ असोज २०८० १६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eight =