बाल सञ्जालको विवरण उपलब्ध गराउन काठमाडौँ महानगरको ताकेता

हिमाल प्रेस ३१ भदौ २०८० १८:१२
16
SHARES
बाल सञ्जालको विवरण उपलब्ध गराउन काठमाडौँ महानगरको ताकेता

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्यालयलाई बाल सञ्जाल र समूह/उपसमूह गठनको विवरण उपलब्ध गराउन तोकता गरेको छ। महानगरपालिकाले आइतबार पत्र लेखी महानगरभित्र सञ्चालित सबै विद्यालयलाई विवरण पठाउन भनेको हो।

महानगरपालिकाले असोज ५ गतेदेखि पुस्तकरहित शुक्रबारका कार्यक्रम सञ्चालन गर्न लागेको छ। सोको प्रयोजनका लागि महानगरले यसअघि पटकपटक विद्यालयमा बाल सञ्जाल/समूह/उपसमूह गठन गरी सोको जानकारी गराउन सूचित गरेको थियो। तर अधिकांश विद्यालयबाट विवरण प्राप्त नभएकाले पुनः पत्र लेख्ने कार्य भएको महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले जनाएका छन्।

उनले लेखेको पत्रमा उल्लेख छ, ‘विद्यालयमा बाल सञ्जाल र समूह/उपसमूह गठन नभएका भए तत्काल गठन गरी सोको जानकारी मिति २०८०।०६।०२ गतेभित्र अनिवार्य रुपमा पठाउनु हुन अनुरोध छ।’

प्रकाशित: ३१ भदौ २०८० १८:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =