‘यामाहा फेस्टिभ सेलिब्रेसन विथ् रोडिज पावर अफ फाइभ’ सार्वजनिक

हिमाल प्रेस ३१ भदौ २०८० १३:३६
‘यामाहा फेस्टिभ सेलिब्रेसन विथ् रोडिज पावर अफ फाइभ’ सार्वजनिक

काठमाडौँ- यामाहा नेपालले चाडपर्वलाई लक्षित गर्दै मोटरसाइकल र स्कुटरमा नयाँ अफर सार्वजनिक गरेको छ। यामाहाको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ‘यामाहा फेस्टिभ सेलिब्रेशन विथ् रोडिज पावर अफ फाइभ’ अफर सार्वजनिक गरेको हो।

दशैं , तिहार तथा छठ पर्वलाई अविस्मरणीय बनाउने उद्देश्यले अफर सार्वजनिक गरेको कम्पनीको भनाइ छ। अफरमा यामाहाको मोटरसाइकल र स्कुटरमार्फत स्पोर्टीनेस, स्टाइलिस र एक्साइटमेन्ट ल्याइएको कम्पनीको भनाइ छ।

‘यामाहा फेस्टिभ सेलिब्रेशन विथ् रोडिज पावर अफ फाइभ योजना अन्तर्गत यामाहाको कुनै पनि स्कुटर खरिद गर्दा ६ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म र बाइक खरिद गर्दा ८ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्मको स्युर–सट क्यासब्याक, लक्की ड्रद्वारा दैनिक यामाहा राइडिङ ज्याकेट, आईफोन १४ को साप्ताहिक उपहार, र प्रत्येक महिना विजेताले जापान जाने मौका पाउन सक्नेछन्,’ कम्पनीले विज्ञप्तमार्फत भनेको छ।

एमएडब्ल्यु टु ह्वीलर्स डिभिजनका सीईओ राजु क्षेत्रीले चाडपर्वको सिजनमा अफर ल्याउन पाउँदा खुसी लागेको बताए।

प्रकाशित: ३१ भदौ २०८० १३:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =