पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

हिमाल प्रेस ३० भदौ २०८० १३:०७
4
SHARES
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु प्रतीकात्मक तस्बिर।

काठमाडौँ- मोरङको ग्रामथानमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार नुहाउने क्रममा उनीहरु पोखरीमा डुबेका थिए।‌

ग्रामथान गाउँपालिका वडा नं २ स्थित रम्भा देवको माछा पोखरीमा नुहाउन गएका बालिकाहरुको डुबेर मृत्यु भएको डीएसपी रन्जनकुमार दाहालले बताए।

स्थानीय खुनियाकट्टाका घनश्याम माझीकी छोरी १२ वर्षीया समीक्षा माझी र मनोज खवासकी १० वर्षीया छोरी रेजिना खवासको डुबेर मृत्यु भएको बताइएको छ ।

प्रकाशित: ३० भदौ २०८० १३:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =