शान्ति प्रक्रिया टुंग्याउन सहयोग पुर्‍याउन राष्ट्रसंघमा अपिल गर्छु : प्रधानमन्त्री

हिमाल प्रेस ३० भदौ २०८० १०:३१
12
SHARES
शान्ति प्रक्रिया टुंग्याउन सहयोग पुर्‍याउन राष्ट्रसंघमा अपिल गर्छु : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघमा नेपालको शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने विषयमा सहयोगको अपिल गरिने बताएका छन्।

राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री आजै साँझ अमेरिका प्रस्थान गर्दै छन्।

त्यसअघि आज (शनिबार) बिहान माओवादी नेता पोष्ट बहादुर बोगटीको नवौं स्मृति दिवसका अवसरमा नेकपा माओवादी केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा आयोजित कार्यक्रममा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नाका निम्ति अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक पर्ने बताएका हुन्।

‘संयुक्त राष्ट्रसंघमा हुँदा पनि नेपालको राष्ट्रिय हित, खासगरी योपटक अलि बढी नै हामीले त्यहाँ आफ्ना कुरालाई अपिल गर्नुछ अन्तर्राष्ट्रिय समुदायको अगाडि’, उनले भने, ‘एउटा त हामीले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनका निम्ति इन्टरनेसनल कम्युनिटीको सहयोग चाहियो र नेपाल एउटा यस्तो उदाहरण बन्न चाहन्छ, सफल उदाहरण बन्न चाहन्छ भन्ने कुराको अपिल गर्नुछ।’

प्रकाशित: ३० भदौ २०८० १०:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 14 =