देश बनाउन कांग्रेस अभियान मजबुत हुनुपर्छ : विश्वप्रकाश शर्मा

हिमाल प्रेस २९ भदौ २०८० १९:२६
6
SHARES
देश बनाउन कांग्रेस अभियान मजबुत हुनुपर्छ : विश्वप्रकाश शर्मा

झापा– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समाज रूपान्तरण गर्न र देश बनाउने अभियानलाई मजबुत बनाउन कांग्रेस एकजुट हुनुपर्ने बताएका छन्।

नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ को क्षेत्रीय सम्मेलन एवं तीज मिलन कार्यक्रमलाई आज (शुक्रबार) सम्बोधन गर्दै उनले वडा, गाउँ, नगर, क्षेत्र आदि सशक्त भएमा देश आफैँ बन्ने र पार्टी पनि मजबुत हुने बताए।

महामन्त्री शर्माले राजनीतिक उपलब्धिको स्थायित्व र समाज रूपान्तरणका लागि कांग्रेस अभियानलाई बढाउन जरुरी रहेको बताए। ‘चुनाव हार्नु र जित्नु सामान्य प्रक्रिया हो,’ उनले भने, ‘तर देश बनाउन र समाज रूपान्तरण गर्न कांग्रेस अभियान मजबुत बन्नुपर्छ।’

संविधान निर्माण र राजनीतिक उपलब्धि हात पार्ने कुरामा नेपाली कांग्रेसले सधैँ नेतृत्वदायी भूमिका खेलेको बताउँदै शर्माले प्राप्त उपलब्धिको रक्षा गर्ने जिम्मेवारी पनि कांग्रेसकै काँधमा रहेको उल्लेख गरे।

राम्रा कामको अनुकरण र प्रशंसा जुनसुकै दलबाट गर्न सकिने बताउँदै महामन्त्री शर्माले संविधान निर्माणका क्रममा तत्कालीन सभामुख सुवास नेम्वाङको शालीनता र भद्रताको प्रशंसा गर्दै उनको निधनप्रति श्रद्धाञ्जली अर्पण गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 4 =