रोयल इन्फिल्ड क्लासिकका दुई नयाँ मोडल सार्वजनिक

हिमाल प्रेस २९ भदौ २०८० १५:३७
8
SHARES
रोयल इन्फिल्ड क्लासिकका दुई नयाँ मोडल सार्वजनिक

काठमाडौँ- रोयल इन्फिल्डका दुई नयाँ मोडल सार्वजनिक गरिएको छ। रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक विक्रेता अल्फा अटोमोटिभ्सले नाडा अटो शोमा क्लासिक ३५० डार्क एडिसन र ३५० क्रोम एडिसन सार्वजनिक गरेको हो।

कम्पनीले डार्क एडिसनको मूल्य ५ लाख २५ हजार र क्रोम एडिसनको मूल्य ५ लाख ३० हजार तोकेको छ। दुवै मोटरसाइकलमा डुअल डिस्क ब्रेक र स्पिड सेन्सर दिइएको छ। यी मोटरसाइकलमा किक स्टार्ट हटाएर सेल्फ स्टार्ट राखिएको छ। दुवैमा हेलोजन लाइट, एनालग डिजिटल इन्स्ट्रुमेन्ट सिस्टम मिटर, यूएसबी चार्जिङ पोर्ट, ट्युबलेस टायर, टेलिस्कोपिक सस्पेन्स र ट्वीन सक अब्जर्बरजस्ता विशेषता छन्।

प्रकाशित: २९ भदौ २०८० १५:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + six =