काठमाडौँ- राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिको लागि निवेदन दिन आग्रह गरेको छ।
आज एक सूचना जारी गर्दै ३५ दिन भित्र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आयोगले आग्रह गरेको हो ।
आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत निवेदन पेस गर्न पनि आयोगले सूचित गराएको छ ।
प्रकाशित: २९ भदौ २०८० ७:३०
प्रतिक्रिया