एसिया कप : टस जितेर ब्याटिङ गर्दै पाकिस्तान, खेल ४५ ओभरमा झारियो

हिमाल प्रेस २८ भदौ २०८० १७:३५
14
SHARES
एसिया कप : टस जितेर ब्याटिङ गर्दै पाकिस्तान, खेल ४५ ओभरमा झारियो

काठमाडौँ- एसिया कप प्रतियोगिताअन्तर्गत श्रीलंका र पाकिस्तानबीचको खेलमा पाकिस्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ।

सुपर फोरअन्तर्गत श्रीलंकाको कोलोम्बोस्थित आर प्रेदासा अन्तर्राष्ट्रिय मैदानमा कप्तान बाबर आजमले टस जितेर ब्याटिङको निर्णय गरेका हुन्।

बिहीबार दिउँसो सवा ३ बजे सुरु हुने खेल वर्षाका कारण प्रभावित भएपछि नेपाली समयअनुसार साढे ५ बजेदेखि सुरु हुन लागेको हो। खेल ४५ ओभरको हुनेछ।

जित्ने टिमले भारतसँग प्रतियोगिताको फाइनल खेल खेल्नेछ। भारत यसअघि श्रीलंका र पाकिस्तानलाई हराउँदै फाइनल पुगिसकेको छ। सुपर फोरमा पुगेको बंगलादेश यसअघि श्रीलंका र पाकिस्तानसँग हारेपछि प्रतियोगिताबाट बाहिरिसकेको छ।

प्रकाशित: २८ भदौ २०८० १७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 13 =