काठमाडौँ- संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।
मंगलबार निधन भएका संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको शोक प्रस्ताव प्रस्तुत गर्न बैठक बोलाइएको हो।
बैठक दिउँसो २ बजेर ३१ मिनेटका लागि बोलाइएको संघीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए।
प्रकाशित: २८ भदौ २०८० ७:१०
प्रतिक्रिया