किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप [तस्बिरहरू]

दिपेश श्रेष्ठ २७ भदौ २०८० १६:११
10
SHARES
किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप [तस्बिरहरू]

काठमाडौँ– पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप (एचपीभी) अभियान बुधबार सुरु भएको छ। भदौ ३० गतेसम्म सञ्चालन हुने खोप अभियानअन्तर्गत सात प्रदेशका सातवटै अस्पतालबाट २०६५ भदौ ३० देखि २०६६ भदौ २० गतेसम्म जन्मेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउन खोप डेमोस्ट्रेसनका रूपमा दिइन थालिएको हो।

एचपिभी खोप बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल काठमाडौँमा दिइँदैछ भने गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश प्रदेशको वीरगन्जस्थित नारायणी अस्पताल, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पताल र कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेतमा लगाइनेछ।

अभियानमा सहभागी भई पहिलो मात्रा खोप लगाएका किशोरीले ६ महिनापछि दोस्रो मात्रा खोप लगाउनुपर्नेछ। पहिलो मात्रा जहाँ लगाएको हो दोस्रो मात्रा पनि त्यही खोप केन्द्रमा लगाउनुपर्ने हुन्छ।

किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप लगाउनका लागि सरकारले गत असारमा २० हजार मात्रा खोप चीनबाट ल्याएको हो। थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा खोप लगाउँदै किशोरीहरू :

   

प्रकाशित: २७ भदौ २०८० १६:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + six =