धरान उपमेयरको घर तोडफोड प्रकरण : उपमेयरकै भाइसहित ८ पक्राउ

हिमाल प्रेस २७ भदौ २०८० १०:५७
10
SHARES
धरान उपमेयरको घर तोडफोड प्रकरण : उपमेयरकै भाइसहित ८ पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाको घर तोडफोड र आक्रमणमा संलग्न ८ जना पक्राउ परेका छन्।

मंगलबार धरानमा भएको ग्याङ फाइटको अनुसन्धानका लागि उपमेयर अइन्द्रका भाई विष्णुसहित ८ जनालाई नियन्त्रणमा लिएको धरानका डीएसपी नवराज मल्लले बताए ।

पक्राउ पर्नेहरुमा विष्णुसहित उनको समूहका बाघवीर भन्ने सुरज तामाङ, मेनल तामाङलाई रहेका छन् । त्यस्तै सन्देशका ग्याङका अमृत तामाङ, अनिल मगर, सागर भनिने दीपेन्द्र राई, सञ्जीव राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुरुमा विष्णुसहितको समूहले धरान १५ सूर्यवस्तीका सन्देश राईलाई धारिलो हतियार प्रयोग गरी घाइते बनाएको थियो । सन्देशको समूहलाई आक्रमण गरेपछि सो समूहले विष्णु बेघालाई घरैमा गएर कुटेको थियो ।

सन्देशलाई काटेर घरमा बसेको बेला उपमेयर बेघाको घरमा प्रवेश गरी विष्णु बेघामाथि धारिलो हतियार प्रहार गरेको मल्लले बताए। पुरानो रिसीइबीका कारण घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

विष्णुको समूहले काटेका सन्देशको अवस्था चिन्ताजनक रहेको छ। सन्देशको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ।

प्रकाशित: २७ भदौ २०८० १०:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + nine =