गत आर्थिक वर्ष अर्घाखाँचीमा ६५ करोड बजेट फ्रिज

हिमाल प्रेस २५ भदौ २०८० १५:५३
8
SHARES
गत आर्थिक वर्ष अर्घाखाँचीमा ६५ करोड बजेट फ्रिज

अर्घाखाँची- अर्घाखाँचीमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त भएको पुँजीगत र चालु तर्फको बजेटमध्ये ६५ करोड रुपैयाँभन्दा बढी बजेट फ्रिज भएको छ।

आर्थिक वर्ष २०७९/८० मा अर्घाखाँचीमा संघीय तथा प्रदेश सरकारको पुँजीगत र चालु तर्फको विनियोजित बजेटमध्ये ६५ करोड ९९ लाख ९३ हजार ८ सय ६१ रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक राजु पाण्डेले जानकारी दिए।

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आव २०७९/८० मा प्रदेश सरकारको पुँजीगत तर्फको १ अर्ब ३३ करोड ६५ लाख ८९ हजार रुपैयाँ विनियोजित बजेटमध्ये २० करोड ५६ लाख ६२ हजार ९४ रुपैयाँ फ्रिज भएको हो।

चालुतर्फ ६५ करोड ५३ लाख २१ हजार १ सय ९३ रुपैयाँ विनियोजित बजेटमध्ये १३ करोड २ लाख ७६ हजार २ सय २२ रुपैयाँ फ्रिज भएको छ। त्यस्तै संघीय सरकारको चालु तर्फको ५ अर्ब ३९ करोड २१ लाख ६५ हजार ७ सय ४२ रुपैयाँ विनियोजित बजेटमध्ये १८ करोड ५३ लाख ७५ हजार ९ सय ३२ रुपैयाँ बजेट फ्रिज भएको छ।

संघीय सरकारको पुँजीगत तर्फ १ अर्ब ५१ करोड ९५ लाख ७२ हजार ६ सय रुपैयाँ विनियोजित बजेटमा १३ करोड ८६ लाख ७९ हजार ६ सय १६ रुपैयाँ फ्रिज भएको कोष नियन्त्रक पाण्डेको भनाइ छ।

अर्घाखाँचीमा आव २०७९/८० मा लुम्बिनी प्रदेश सरकारको चालु तथा पुँजीगत १ अर्ब ९९ सय करोड १९ लाख १० हजार १ सय ९३ र संघीय सरकारको पुँजीगत तथा चालुतर्फ ६ अर्ब ९१ करोड १७ लाख ३८ हजार ३ सय ४२ गरी ८ अर्ब ९० करोड ३६ लाख ४८ हजार ५ सय ३५ रुपैयँ बजेट विनियोजन भएको थियो। रासस

प्रकाशित: २५ भदौ २०८० १५:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − six =