इटहरीमा शववाहन र एम्बुलेन्स सेवा नि:शुल्क

हिमाल प्रेस २५ भदौ २०८० १२:५४
14
SHARES
इटहरीमा शववाहन र एम्बुलेन्स सेवा नि:शुल्क

इटहरी- इटहरीमा आज (सोमबार)देखि नि:शुल्क शव वहान र एम्बुलेन्स सेवा सुरु गरिएको छ।

इटहरीबासीलाई नि:शुल्क रूपमा सेवा दिने उद्देश्यले इटहरी क्षेत्रभित्र नि:शुल्करूपमा सेवा विस्तार सुरु गरिएको हो। नगर प्रमुख हेमकर्ण पौडेलले इटहरी अस्पतालमा सोमबारदेखि नै लागू हुनेगरी नि:शुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको जानकारी दिए।

इटहरी उपमहानगरपालिकाले आफ्नो जनताको लागि घरदेखि घाटसम्म शववाहन र घरदेखि इटहरी अस्पतालसम्म नि:शुल्क संयुक्तरूपमा एम्बुलेन्स सञ्चालनमा ल्याइएको उनले बताए।

पौडेलले आफू निर्वाचित भएदेखि नै इटहरी अस्पताल बनाउन दिन रात खटेको बताउँदै एक वर्षभित्रमा इटहरी अस्पतालमा थप सुधार हुने बताए ।

‘मेरो उद्देश्य इटहरीका जनताको उपचार गर्न धरान, विराटनगर जानु नपरोस् भन्ने हो,’ उनले भने ।

पछिल्लो समय अस्पतालमा बिरामीको चाप अत्याधिक बढेको भन्दै एम्बुलेन्स र शववाहनको अभाव सुरु भएको कारण जनतालाई नि:शुल्क रूपमा उपलब्ध गराउने निर्णय गरेको उनको भनाइ छ ।

प्रकाशित: २५ भदौ २०८० १२:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 6 =