बिरामी हुँदाहुँदै मन्त्री बनेका कार्की अस्पताल भर्ना

हिमाल प्रेस २५ भदौ २०८० ७:५५
8
SHARES
बिरामी हुँदाहुँदै मन्त्री बनेका कार्की अस्पताल भर्ना

दमक- बिरामी हुँदाहुँदै शुक्रवार अस्पतालको बेडबाट शपथ खान झापाको बिर्तामोडबाट विराटनगर पुगेका कोशी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री एकराज कार्कीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ।

मन्त्री कार्कीलाई मुटुमा समस्या सँगै डेंगु संक्रमण भएको बताइएको छ।

उनलाई मुटु रोग पनि रहेको र डेंगु संक्रमणका कारण दैनिक रूपमा प्लेटलेट घट्दै गएका कारण थप उपचारका लागि चिकित्सकहरूले सुविधा सम्पन्न अस्पताल जान सुझाव दिएको उहाँको परिवारले जनाएको छ।

मन्त्री कार्कीको वीर अस्पताल काठमडौँमा उपचार भइरहेको नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईले बताए।

बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार गराइरहेका प्रदेशसभा सदस्य कार्कीलाई मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्री नियुक्त गरेका थिए। उनी बिरामी रहेकै अवस्थामा शपथ खानका लागि विराटनगर गएका भट्टराईले बताए। शपथ खाएपछि फर्किएर उनी अस्पताल नै भर्ना भएका थिए।

मन्त्री कार्की वीर अस्पतालको स्पेसल भीआइपी कक्षमा उपचार गराइरहेका छन्।

प्रकाशित: २५ भदौ २०८० ७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 12 =