काठमाडौँ– नेपाल राहत शिक्षक केन्द्रीय समितिले सबै तहका समितिको राहत शिक्षक नेतृत्वहरूलाई आफ्नो क्षेत्रभित्रका पालिका समिति अद्यावधिक गर्ने काममा समन्वय र सहजीकरण गर्न निर्देशन दिएको छ। केन्द्रीय समितिले आइतबार यस्तो निर्देशन दिएको हो।
‘सबै तहका समितिमा रहेर काम गर्नुहुने राहत शिक्षक नेतृत्वहरुलाई आफ्नो क्षेत्रभित्रका पालिका समितिहरु अध्यावधिक गर्ने काममा समन्वय र सहजीकरण गर्नहुन अनुरोध छ’, केन्द्रीय समितका महासचिव कुमार बजगाई र अध्यक्ष खेमराज अधिकारीले जारी गरेको निर्देशनमा उल्लेख छ।
विद्यालय शिक्षा विधेयक संसद्मा दर्ता भएपछि त्यसबारे अध्ययन गरेर पछि केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, प्रदेश अध्यक्षलगायत पदाधिकारीलगायत आवश्यकताका आधारमा सबै राहत शिक्षकहरुलाई काठमाडौँ बालाइने समितिले जनाएको छ।