कोशीमा एमाले र कांग्रेस मिलेर राजनीतिक स्थायित्व दिनुपर्छ : राजेन्द्र लिङ्देन

हिमाल प्रेस २३ भदौ २०८० १६:३२
10
SHARES
कोशीमा एमाले र कांग्रेस मिलेर राजनीतिक स्थायित्व दिनुपर्छ : राजेन्द्र लिङ्देन

विराटनगर- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा एमाले र कांग्रेस मिली सरकार बनाएर राजनैतिक स्थायित्व दिनुपर्ने बताएका छन्।

शनिबार विराटनगर विमानस्थलमा सञ्चालकर्मीसँग कुरा गर्दै लिङ्देनले अहिलेको व्यवस्थाको संस्थापकहरू एमाले र कांग्रेस मिलेर कोशी प्रदेशलाई जोगाउनु राम्रो हुने बताएका हुन्।

राप्रपा कुनै पक्षमा नलाग्दा प्रदेशसभा नै विघटन हुने खतरा रहेको भन्दै उनले कांग्रेस र एमाले मिल्न नसके राप्रपाले आवश्यक समयमा उचित निर्णय लिने बताए। उनले भ्रष्टाचार छानबिनका नाममा उठाइएका विभिन्न प्रकरणहरूलाई सरकारले सत्ताको रक्षा कवचको रूपमा प्रयोग गरेको तर्क गरे।

आर्थिक कारणले पनि प्रदेशको औचित्य समाप्त हुँदै गएको भन्दै लिङ्देनले जातीय र धार्मिक द्वन्द्व बढाउने कार्य गर्न नहुने जिकिर गरे।

प्रकाशित: २३ भदौ २०८० १६:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + five =