एमाले मोरङको अधिवेशन पुस २७ र २८ गते

हिमाल प्रेस २३ भदौ २०८० ९:३४
4
SHARES
एमाले मोरङको अधिवेशन पुस २७ र २८ गते

इटहरी- नेकपा एमाले मोरङको १० औँ अधिवेशन आगामी पुस २७ र २८ गते हुने भएको छ। शुक्रबार बसेको जिल्ला कमिटीको आठौँ पूर्ण बैठकले सो मितिमा अधिवेशन गर्ने निर्णय गरेको हो।

अधिवेशनका सन्दर्भमा थप निर्णयहरू पछि हुने नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए। उनले जिल्ला अधिवेशनपछि १७ वटै पालिका कमिटीको अधिवेशन हुने बताए।

बैठकले विराटनगरमा हुन लागेको कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन भव्यरुपमा सम्पन्न गर्न सम्पूर्ण पार्टी पंक्ति परिचालन गर्ने निर्णयसमेत गरेको छ।

अन्तर कमिटी निर्देशन बमोजिम आगामी असोज १२ र १३ गते हुने नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि प्रतिनिधि छनौट गर्न जिल्ला कमिटी उपाध्यक्ष बाबुराम कार्कीको संयोजकत्वमा प्रदेश प्रतिनिधि संयोजन र व्यवस्थापन समिति गठन भएको छ। उक्त समितिले जिल्लाभरीबाट प्रतिनिधि छनौटका लागि समन्वय र सहजीकरण गर्ने अध्यक्ष पोखरेलले बताए।

उनका अनुसार कोशी प्रदेश कमिटीको अधिवेशनका लागि मोरङबाट १७८ जना प्रतिनिधि छनौट हुनेछन्। जसमा १०० पार्टी सदस्य बराबर एक जना प्रतिनिधि चयन हुनेछन्। प्रतिनिधि छनौट गर्दा ३३ प्रतिशत महिलाको अनिवार्य सहभागीता हुनुपर्नेछ । युवाको सहभागीलाई पनि जोड दिइएको छ।

मजदूर निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन हुनेछन्। दलित समुदायको प्रतिनिधित्वका लागि प्रतिनिधि छनौट गर्न मुक्ति समाज जिल्ला कमिटी पदाधिकारीलाई सहजीकरण गर्ने जिम्मेवारी प्रदान गरिएको बताइएको छ।

प्रकाशित: २३ भदौ २०८० ९:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 18 =